काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ ।
ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । मेयर चिरिबाबु महर्जनसहिटको टोलीले बिहीकार एकेडेमीको निरिक्षण गरेका थिए ।
क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने जनाइएकाे छ । जसमा २० जना सम्मलाई राख्न सकिने जनाइएको छ ।
एन्फाले आफ्नो भौतिक पूर्वाधार क्वारिन्टाइनका लागि प्रयोग गर्ने दिने यसअघि नै निर्णय गरेको थियो । रौतहटस्थित महिला एकेडेमीमा प्रदेश २ को सरकारले ४० जनालाई क्वारिन्टनमा राखेको छ । एन्फाले गत साता आफ्नो २ एम्बुलेसन कोराना भाइरसको नियन्त्रण नहुँदा सम्मका लागि लतिलपुर महानगरलाई प्रदान गरेको थियो ।