विश्वभर काेराेनाकाे संक्रमणबाट १ लाख ५२ हजारको मृत्यु, २२ लाखभन्दा बढि संक्रमित

224
कोरोना भाइरसले बिहिबार अमेरिकामा १३ सय २७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ३५ हजार ९ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय पुगेको छ । त्यहाँ १३ हजार नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा बिहिबार मात्रै ७ सय ६१ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १८ हजार ६ सय ८१ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार छ ।

बेलायतमा बुधबार एकै दिन ८ सय ४७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म १४ हजार ५ सय ७६ जनाले ज्यान गुमाएका छन् । १ लााख ८ हजार संक्रमित मध्ये ५ हजार ६ सय जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा एकै दिन ५ सय ७५ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २२ हजार ७ सय ४५ जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ७२ हजार ४ सय संक्रमित छन् ।

त्यस्तै स्पेनमा एकै दिन १ सय ६३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १९ हजार ४७८ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ८८ हजार संक्रमित छन्।

अहिलेसम्म इरानमा ४ हजार ९ सय ५८, बेल्जियममा ५ हजार १ सय ६३, जर्मनीमा ४ हजार १ सय ९३, नेदरल्याण्डमा ३ हजार ४ सय ५९, ब्राजिलमा १ हजार ९ सय ५६ र स्विजरल्याण्डमा १ हजार ३ सय २५ जनाको मृत्यु भएको छ । त्यसैगरि टर्कीमा १७ सय ६९, स्विडेनमा १४ सय र क्यानडामा १ हजार ३१० जनाको मृृृृत्युु भएको छ ।

त्यसैगरि भारतमा ४ सय ५२ जनाको मृत्यु भएको छ भने १३ हजार ८ सय ३५ जना संक्रमित छन् ।

चिनमा एकैदिन १ हजार २ सय ९० जना मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यहाँ कुल मृतकको संख्या ४ हजार ६ सय ३२ पुगेको छ भने संक्रमितको संख्या ८२ हजार ६ सय ९२ पुगेको छ ।

चिनियाँ अधिकारीहरुले ‘इतिहास र पीडितप्रतिको जबाफदेहिता’ देखाउँदै तथ्यांक परिमार्जन गरिएको बताएका छन् । चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणको सुरुवाति दिनमा केही व्यक्तिको घरमै मृत्यु भएकाले संख्या छुटेको हो । त्यस्तै कोरोना भाइरसको संक्रमण रोक्न चिकित्सक तथा अधिकारीहरु केन्द्रित भएकाले मृत्यु हुनेको तथ्यांक छुट्न पुगेको चिनियाँ अधिकारी स्पष्टीकरण दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here