सेयर ३.८१ अङ्कले घटेर २ हजार १ सय ९३.४३ विन्दुमा झरे

102

काठमाडाैं । आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको छ ।  आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको सेयर घटेको छ ।

व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।   नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

हिजो सोमवार चार अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता सेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भयो ।  आज राष्ट्र उत्थान लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here