बसको ठक्करबाट ७५ वर्षीया बृद्धाको मृत्यु

74

कास्की । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन्।

गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी बृद्धालाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो।

बससहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here