मदन भण्डारी विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमाणीकरण

113

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको आफूकहाँ आएको विधेयकलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन्।

सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो। राष्ट्रिय सभाले साउन १० गते पारित गरेको थियो। राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण गरेसँगै यो ऐनको रुपमा लागू भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here