सेयर बजारमा उच्च अंककाे गिरावट

40
काठमाडाैं ।  आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.६१ अंकले घटेर बन्द भएको छ । कारोबार सुरू भएकै समयदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक १.७७ प्रतिशतले घटेर रोकिएको हो ।
यसक्रममा आज नेप्से ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको ८५ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ । आज २१ सय ८६ अंकबाट सुरू भएको नेप्से परिसूचक बन्द हुँदा २१ सय ४८ अंकमा पुगेर बन्द भएको छ ।

परिसूचक घटेको दिन आज १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५७ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूह १२० अंकले घटेको छ भने विकास बैंक समूह १०० अंकले घटेको छ ।

यस्तै, होटल र टुरिजम समूह ९० अंकले घट्दा लघुवित्त समूह ८० अंकले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ७१ अंक घट्दा जलविद्युत र वित्त समूह समान ५८/५८ अंकले घटेको छ । नेप्से परिसूचक उच्च अंकले घटेपनि आज बलेफि हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ बढेर ३६२ रुपैयाँ पुगेको छ ।

यस्तै, आज युनाइटेड आईडीआई मार्दि जलविद्युत कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ । आज कम्पनीको सेयर मूल्य ८० रुपैयाँले घटेर प्रतिकित्ता ७६९ रुपैयाँमा आइपुगेको छ । हिजो बुधबार नेप्से परिसूचक ६ अंकले घटेर २१ सय ८६ अंकमा आएर रोकिएको थियो । त्यसक्रममा हिजो ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here