बालुवाटारमा शीर्ष नेतासहितको बैठक जारी

81

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ। सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै गठबन्धनका नेताहरूको बैठक बसेको हो।

बैठकमा सत्ता गठबन्धनका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै लोसपालाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ।

यसअघि कांग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरे पनि सहयात्री जसपा अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएका थिए। बैठकमा आगामी निर्वाचन, सिट बाँडफाँटमा कसरी अगाडि बढ्ने, गठबन्धनलाई निरन्तरता दिनेलगायत विषयमा छलफल भइरहेको बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here