एमालेमा जसपाका तीन केन्द्रीय नेता प्रवेश

123

काठमाडाैं । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको विवादपछि विभाजित जनता समाजवादी पार्टीका नेताहरू अन्य दलमा प्रवेश गर्ने क्रम जारी छ।  जसपा विभाजित भएर यादव र भट्टराई अलग अलग यात्रामा निस्केका बेला केन्द्रीय सदस्यहरू अन्य पार्टीमा प्रवेश गरिरहेका छन्।

शुक्रबार मात्रै जसपा छाडेर तीनजना केन्द्रीय नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका छन्।

एमाले प्रवेश गर्नेहरूमा संविधानसभा सदस्यसमेत रहिसकेका बर्दियानिवासी जसपा केन्द्रीय सदस्य काशिम अली सिद्धिकी रहेका छन्।  त्यसैगरी संविधानसभा सदस्य रहिसकेका पर्सानिवासी जसपा केन्द्रीय सदस्य आशा चतुर्वेदी पनि एमालेमा प्रवेश गरेकी छन्।

एमाले प्रवेश गर्ने अर्की नेतृमा रूपन्देहीनिवासी जसपाकी लुम्बिनी प्रदेश कमिटी सदस्य श्वेता श्रीवास्तव रहेकी छन्। जसपामा विभाजनपछि यसअघि पनि सातजना केन्द्रीय नेता एमालेमा प्रवेश गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here