लामो आयु जिउने तरिका

110

काठमाडौं । पछिल्लो दुई दशकमा मानिसको आयु पहिलेको तुलनामा घट्दै गएको अध्ययनले देखाएको छ । अस्वस्थ खानपान र प्रदुशित वातावरण नै यसको मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ।

धेरै प्रकारका रोगले पनि मानिसको उमेर घटाइरहेको छ। यदि तपाई पनि लामो आयु चाहनुहुन्छ भने आफ्नो जीवनशैलीमा केही विशेष परिवर्तन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

केही साधारण बानीहरूमा परिवर्तनले तपाईलाई स्वस्थ राख्न मात्र मद्दत गर्दैन, तर यसले तपाईलाई लामो जीवन प्राप्त गर्न पनि मद्दत गर्नेछ।

स्वास्थ्य विज्ञहरूका अनुसार उचित पोषणको अभाव र शारीरिक निष्क्रियताका कारण पनि मानिसहरुको औसत उमेरसम्म नबाँच्ने देखिएको छ । विश्व स्तरमा आएका प्रतिवेदनहरुले यो कुरालाई पुष्टि गर्छ ।

क्यालोरीको मात्रालाई ध्यान दिनुहोस् : 

स्वस्थ शरीरको लागि सबै पोषक तत्वहरू सही मात्रामा उपभोग गर्नु अति आवश्यक मानिन्छ। उच्च क्यालोरी चीजहरू खाँदा तपाईलाई धेरै समस्या हुन सक्छ। अध्ययनहरूका अनुसार क्यालोरी सेवनमा १०-४० प्रतिशत कमीमात्रै गर्ने हो भनेपनि यसले तपाइको स्वास्थमा रा्रमो गर्छ र स्वास्थ्य राम्रो हुनु भनेको तपाईको आयु बढ्नु हो । क्यालोरीको मात्रामा कन्ट्रोल गर्नाले शरीरको तौल र पेटको बोसो कम गर्न पनि मद्दत गर्छ ।

ड्राइ फूट्स : 

नट्स के सेवन के लाभ

स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई आफ्नो दैनिक आहारमा ड्राइ फूट्स समावेश गर्न सल्लाह दिन्छन्। ड्राइ फूट्समा प्रोटिन, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ। यी पोषक तत्वहरूले तपाईंलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्दछ।

सबैभन्दा आवश्यक नियमित व्यायाम : 

नियमित योगासनों के लाभ

शारीरिक रूपमा सक्रिय हुनु दीर्घायुको लागि सबैभन्दा आवश्यक छ । प्रत्येक दिन कम्तिमा १५ मिनेटको व्यायामले तपाईंलाई फिट र धेरै गम्भीर रोगहरूको जोखिमबाट सुरक्षित राख्न मद्दत गर्दछ। दैनिक शारीरिक गतिविधिले अकाल मृत्युको जोखिम कम गर्न सक्छ।

धुम्रपान छाड्नुहोस् : 

धूम्रपान करने के नुकसान

धुम्रपान र मदिराको सेवन नगर्नुहोस् । धुम्रपान र मदिरो गम्भीर स्वास्थ्य समस्याहरूको प्रमुख कारकहरूका रूपमा परिचित छन् । नियमित रूपमा धुम्रपान गर्ने मानिसहरूको जीवनको १० वर्षसम्म आयु अन्य मानिसको तुलनामा कम हुने गरेको छ । अध्ययनले बताउछ । साथै, मदिरा सेवनले पनि धेरै प्रकारका रोगहरू निम्त्याउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here