हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ५९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७१ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय सात, संस्थागत आइसोलेसन एक सय ५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार १० र ललितपुर सात सय ७८ र भक्तपुरमा ९६ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


















