सुनको सिक्री लुटपाट

529

काठमाडौं / नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब १.५ तोलाको सुनको सिक्री शनिबार साँझ लुटपाट भएको छ ।

काठमाडौं महानगरपलिका-१० नयाँबानेश्वर पिपलबोट नजिक हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटपाट गरी फरार भएको बताइएको छ ।

फरार लुटेराहरुको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here