गौचन हत्याकाण्डमा गुण्डानाइके समीरमान बस्नेतकी श्रीमती मायाको संलग्नता

248

काठमाडौं /  महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा थुनामा रहेका गुण्डानाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।

काठमाडौंको स्वयम्भूस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । केही दिनअघि गौचन हत्याकाण्डलगायतमा संलग्न ३ जना सुटरहरु लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उनीहरुले रुपन्देहीका दुर्गा तिवारी, निर्माण व्यवसायी गौचन लगायतको हत्याकाण्डमा बस्नेतकी श्रीमतीले हतियार उपलब्ध गराएको बयान दिएपछि बस्नेतकी पत्नीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बयानपश्चात् प्रहरीले काठमाडौं जिल्ला अदालतमा पूरक अभियोग पत्रका लागि अनुमति मागेको थियो । अदालतले प्रहरीलाई अनुमति दिएपछि उनलाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here