काठमाडौं । वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् ।
इजरायली सेनाको बल सैन्य बुलडोजरसहित बिष्फोटक पदार्थ बोकेर आएपछि झडप सुरू भएको हो ।
जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै प्लोस्टाइनी नागरिकहरुले बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए ।
















