“फोनिज क्रियाशिल वर्ष पुरस्कार -२०७९” बाट शंकर श्रेष्ठ पुरस्कृत

105

“फोनिजको अभियान, सञ्चारमा पहिचान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले २८औं विश्व आदिवासी दिवस र २३औं फोनिज स्थापना दिवसको अवसरमा आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

यसै वर्षदेखि स्थापना गरिएको ५ हजार राशीको “फोनिज क्रियाशिल वर्ष पुरस्कार -२०७९” बाट शंकर श्रेष्ठलाई पुरस्कृत गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ धादिङ र फोनिज धादिङका संस्थापक अध्यक्ष एवम् नेत्रावती डवजोङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ठाकुर गुरुङलाई सम्मान गरिएको छ ।

नीलकण्ठ नगरपालिका धादिङको समन्वयमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here