काठमाडौं । यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
त्यसकै लागि देशैभरबाट आएका एक हजार बढी खेलाडीबाट खुल्ला छनोट गर्दै प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरिएको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा थिए ।
को–को छनोट भए ?
मुकेश घर्ती, रुबिन बोगटी, कृशल मोक्तान, सिमान्त थापा, युनिस मगर, सुबास मगर, युनिस बुढाथोकी, जन प्रकाश बाम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरभ महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लचु थापा, प्रशान्त लक्सम, निरोज कार्की, समिर तामाङ, धन सिंह बिके, दिपक थापा मगर, मानव पोखरेल, कशुल देउबा, मिरक लिङदेन, प्रितम कार्की, विनोद केसी, धिरज बिके, सोहन स्याङ्तान, निराजन धामी, सरोज दर्लामी, समिर चन्द
















