धनगढी । कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ४५ वर्षीय सन्देश केसी, गोदावरी नगरपालिका-४ बस्ने ३५ वर्षीय टेकबहादुर रावल, ४२ वर्षीय पदम भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-३ बस्ने २६ वर्षीय केशव कुँवर रहेका छन् ।
उनीहरूको माया मेट्रो अस्पताला धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


















