नेपाललाई पर्यटकीय गन्तव्यस्थल बनाउनु पर्छ : पर्यटन मन्त्री

78

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने जनाएका छन् ।

सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका थिए । मन्त्री श्रेष्ठले नेपाललाई वर्षभरि नै पर्यटक आउने पर्यटकीय गन्तव्यस्थल बनाउनु पर्नेमा जोड दिए । जसका लागि प्रचारप्रसार बढाउनु पर्ने उनको धारणा छ ।

विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वतावरण सिर्जना गर्ने अभियान थालिएको जनाए । उनले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवर्द्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढिरहेको उनको धारणा छ ।  उनले सरकार पदयात्रा क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवर्द्धन गर्ने कुरामा प्रतिवद्ध रहेको जनाए ।

मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने जनाए  ।

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता उनको छ ।  सोमबारदेखि सुरु भएको टानको वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here