सामाजिक सञ्जाल फेसबुकमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्म ‘बाँध मायाले’ प्रचारको नयाँ शैली अपनाएको छ ।
असोज ५ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक सविर श्रेष्ठले जनाए अनुसार प्रत्येक दुई दिनमा फिल्म बाँध मायाले को एउटा प्रश्न फिल्मको फेसबुक पेजमा सोधिनेछ र सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहनेछौँ, सविर भन्छन् । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने उनले जनाए ।
लभ स्टोरी फिल्म बाँध मायाले लाई सविर र रामहरि धिताल मिलेर बनाएका हुन् । फिल्ममा सङ्गीत अर्जुन पोखरेलले दिएका छन् भने निर्माताको रूपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् ।
फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ ।



















