आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र काट्याे

91

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र काटेको छ।

प्रचण्डले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नऔं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकामा जित्न १० करोड खर्च गरेको अभिव्यक्ति दिएपछि आयोगले पत्र काटेको हो।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ, ‘आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरूले गरेको खर्च विवरण आयोगले तोकेको कार्यालयसमक्ष नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्तिबमोजिम पाएको सूचनाअनुसार गाउँपालिको अध्यक्ष चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उम्मेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च नगर्ने उम्मेदवारबारे वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्नेसमेत उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here