ट्रम्पले इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत

2

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् ।

उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिएका हुन् ।

यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान पुगेका छन् ।

ट्रम्प प्रशासनसँगको आवश्यक समन्वयपछि कतारी टोली त्यसतर्फ लागेको सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । अमेरिकी समाचार संस्था एक्जियसकाअनुसार दुई देशबीचको अर्को चरणको वार्ता आगामी हप्ता हुन सक्ने सम्भावना छ । यस वार्ताका लागि स्विट्जरल्याण्डलाई सम्भावित स्थलको रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here