काठमाडौं– नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । सबै यात्रुलाई सकुशल बाहिर निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।
विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान–अवतरण दुवै अवरुद्ध बनेको छ ।


















