पार्टीका समस्या बाहिर गीत गाएर समाधान हुँदैन : अध्यक्ष नेपाल

54

 बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताको कार्यविभाजन गर्नुभएको थियो। अध्यक्ष नेपालले गर्नुभएको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताले समेत असन्तुष्टि जनाउँदै आएका छन्।

सोही प्रसङ्गलाई लिएर उहाँले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताउनुभयो। उहाँले पार्टीको हित नचाहनेहरु फरक किसिमले चल्ने बताउनुभयो। उहाँले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘पार्टीभित्र अनेकौँ समस्या हुन्छन्, ती समस्या पार्टीले नै हल गर्छ। बाहिर गीत गाएर हिँड्ने होइन। बाहिर नाचेर हिँड्ने कुरा भएन। केही समस्या छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढङ्गले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान्। पार्टीको हित चाहने एक ढङ्गले र अहित चाहने अर्को ढङ्गले चल्छन्। कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ।’’

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढङ्गले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here