राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदै

327

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण यसै साता बिहीबार शुरु हुँदै छ। प्रशिक्षणका लागि नेपालले ४० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक घोषणा यसअघि नै गरिसकेको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले केही दिनअघि नियुक्त गरेका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्।

प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङलगायत सिनियर अनुभवी खेलाडीलाई राष्ट्रिय टोलीमा डाकिएको छ।

मुख्य प्रशिक्षक अब्दुल्ला अल–मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा भने ४० सदस्यीय टिममा अटाएनन्।

नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। मैत्रीपूर्ण खेल ११ असोजमा दशरथ रंगशालामा हुने कार्यतालिका रहेको छ।

प्रारम्भिक नेपाली टोली

गोलरक्षक स् किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर स् अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर स् संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड स् विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here