निर्वाचनमा भाग लिन विवेकशील साझाकाे दल दर्ता

105

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ। मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो।

पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न आयोग पुग्नुभएको थियो।

आइतबार पार्टीले अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो। निर्वाचन आयोगले आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो।

आयोगले दिएको समय सीमामा दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दल आयोग पुग्नेक्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here