नेपालमा मूल्यवृद्धि ६.३२ प्रतिशतका दरले बृद्वि

55

काठमाडाैं | नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष नेपालमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । उक्त रेमिट्यान्स आय गत वर्ष ९.८ प्रतिशतले बढेको थियो ।

गत एक वर्षमा नेपालमा अमेरिकी डलरमा रेमिट्यान्स आय २.२ प्रतिशतले बढेर ८ अर्ब ३३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । गत आवमा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य ३ लाख ५४ हजार ६६० जना पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले बढेको छ । गत आवमा २ लाख ८२ हजार ४५३ जनाले पुन श्रम स्वीकृति लिएका छन् । यस्तो श्रम स्वीकृति अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

गत वर्ष नेपालमा उपभोक्ता मुद्रास्फीति (महँगीदर) ६.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.६ प्रतिशत मात्रै थियो । यस्तो मुद्रास्फीतिमा अघिल्लो वर्ष सबैभन्दा बढी मूल्यवृद्धि खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा भएको छ । उक्त वस्तुमा २६.१३ प्रतिशत मूल्यवृद्धि भएको पनि राष्ट्र बैंकले जारी गरेको गत आवको वार्षिक तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here