बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि

82

काठमाडौं, । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।  प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउन्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताउनुभयो ।

स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here