पाकिस्तानले मनायाे ७५ औं स्वतन्त्रता दिवस

118

काठमाडौं । पाकिस्तानले  ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंमा पनि नक्शालस्थित होटेल म्यारियटमा एक भव्य कार्यक्रमसहित समारोह साउन २९ गते सम्पन्न भएको छ । नेपाल-पाकिस्तान मैत्री तथा सांस्किृत संघद्वारा आयोजित सो कार्यक्रममा उपराष्ट«पति नन्दबहादुर पुन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबीचको सम्बन्धबारे चर्चा गर्नु भएको थियो ।

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको सम्बन्ध ६० बर्ष भन्दा पुरानो रहेको भन्दै सम्बन्धलाई जनस्तरसम्म पुर्याउन आफू प्रयत्नशील रहेको जानकारी गराउनु भएको थियो । उहाँले दक्षिण एशियाको प्रगतीका लागि यो क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेकोमा जोड दिनु भएको थियो । संघका अध्यक्ष हिमालय शमसेर राणाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने संघका महासचिव डा. मन्जुरत्न शाक्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here