काठमाडौ । कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गरेर उठाइने भएकाे छ ।
नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालनी गरेकाे जनाइन् ।
अहिले नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।
















