काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको नेवाः विद्यार्थी युनियनको आयोजनामा र नेवाः जागरण मंच जापानको प्रायोजनमा सञ्चालन भइरहेकाे ‘क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिताकाे समयावधी असाेज ३१ गतेसम्म समयावधि थप गरिएकाे छ ।
गत बैशाख १० गतेदेखि सुरू भएको प्रतियाेगिता कवि केशरी चित्तधर हृदयको जन्मोउत्सोवको अवसरमा अायाेजना गरिएकाे प्रतियोगितामा यथासिघ्र सहभागी हुन अनुराेध गरेका छन् ।
यस प्रतियोगितामा प्रथम हुनेले ८००० , द्धितीय हुनेले ५०००, तेस्रो हुने ३००० तथा सान्वत्वना पुरस्कार १००० हजारका दरले पाँच जनालाइ समेत व्यवस्था गरिएको प्रतियोगिताको संयोजन नेवाः जागरण मञ्च जापानका संस्थापक अध्यक्ष सुनिल कुमार शाक्यले गरेका छन् ।
सो प्रतियोगिता बारेमा विदेशमा रहेकाहरुले थप जानकारी लिनका लागि नेवाः जागरण मंच जापानका अध्यक्ष कृष्ण बदन जोशी +८१ ९०-६४९६०+८४६३ सचिव : श्याम तन्दुकारं +८१ ८०-४४३१-८१३४ साथै नेपालका लागि नेवाः विध्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जन ९८४९१३२७८८ र सचिव प्रशान्त डंगोल ९८५११२१८७३ लाई सम्पर्क राख्नु सक्नु हुनेछ ।



















