फोटोग्राफर पावलोभ्स्कीलाई ज्यान मार्ने धम्की आएपछि सामाजिक सञ्जाल बन्द

78

काठमाडौँ  ।  अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले आफ्नो ज्यान लिनेसम्मको धम्की आएका कारण सामाजिक सञ्जाल बन्द गरेको उल्लेख गरेकी छन् ।  उनले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर खिचेको भनिएको हिउँ चितुवाको तस्बिर फेक प्रमाणित भएपछि उनले पहिलोपटक त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

कितियाले आफ्नो आधिकारिक वेबसाइटमा स्पष्टिकरण दिँदै सबै फोटोहरु सम्पादनपछिको नतिजा रहेको र ती फोटोहरु आफूले नै खिचेको उल्लेख गरेकी छन् ।  फोटोसप र लाइटरुम मार्फत आफूले खिचेका तस्बिरको एडिट गरेर तस्बिरहरु सामाजिक सञ्जालमा राखेको उनले उल्लेख गरेकी छन् ।

कहिल्यै कतै पनि आफूले आफ्ना तस्बिरहरु सम्पादन नगरिएको भन्ने उल्लेख नगरेको दाबी कितियाले गरेकी छन् ।  तर पुमोरी हिमालको क्षेत्रमा खिचिएको भनेर दाबी गरिएको तस्बिर उनले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा राख्दा लामो यात्रापछि हिउँ चितुवा देखेको र त्यसलाई क्यामरामा कैद गर्न सफल भएको उल्लेख गरेकी थिइन् । त्यसपछि ती तस्बिर विश्वभर साझा गरिएका थिए ।

तर अल्पाइनम्यागले ती तस्बिरहरु वास्तविक नरहेको हुन सक्ने वा एडिट गरिएको हुन सक्ने आधारसहितको तथ्यजाँच प्रकाशित गरेको थियो । त्यसपछि उनले आफ्ना सामाजिक सञ्जाल नै बन्द गरेकी थिइन् । ज्यान मार्ने धम्की नै आएकाले ती सञ्जाल बन्द गरिएको उनले अहिले आएर बताएकी छन् ।

आफ्ना वास्तविक तस्बिर नै माग गरिएको र त्यसका लागि आफू कसैप्रति जिम्मेवार नरहेको उनले दाबी गरेकी छन् ।  हिउँ चितुवाको संरक्षणका लागि स्रोत जुटाउने उद्धेश्यले तस्बिर आफ्ना तस्बिर एडिट गरेर बेचेको तथा त्यसबाट आएको ७८७ सय अमेरिकी डलर भन्दा धेरै स्नो लियोपार्ड ट्रस्टलाई प्रदान गरेको पनि उनले जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here