डेलिन्युज राप्तीका सम्पादक हेमन्त प्रकाश ओलीलाई तुरुन्त रिहा गर्न माग

102

काठमाडाैं । जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य तथा डेलिन्युज राप्तीका सम्पादक हेमन्त प्रकाश ओलीलाइ तुरुन्त रिहा गर्न माग गरिएको छ।संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीलाई रिहाइ गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र पालना गर्दै कानुनको उल्लंघन नगर्न सम्वन्धित निकाय सङ्ग माग गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन ओली सरकार बिच भएको तीन बुदे सहमतिको पालना नगरियको , उल्टै नेकपा महासचिव विप्लव सहितका नेता कार्यकर्ता बिरुद्ध पक्राउ पुर्जी जारी गरियको, मुलुकमा भ्रस्टाचार , महङ्गी र सामाजिक असुरक्षा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी सहित चार पार्टीद्वारा आयोजित वन्दको क्रममा दाङ्गको तुलसिपुरमा समाचार संकलनको क्रममा रहेका पत्रकार ओलिलाइ प्रहरी इन्स्पेक्टर बखत बहादुर शाहिको नेतृत्वमा रहेको टोलिले गिरफ्तार गरि प्रहरी चौकीमा राखिएको जानकारी प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here