नाबालिका सामूहिक बलात्कार गरेको आरोपमा दुई पक्राउ

48

काठमाडौं । एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौं धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन्।

निमाले आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी बनाएर ती पीडित नाबालिकालाई साथी बनाएको, कुराकानी गरेको र त्यसपछि टोखा–३ स्थित ग्राण्डी अस्पताल नजिकै रहेको एक गेस्ट हाउसमा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनापछि उनीहरू फरार रहेकोमा सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई धापासीबाट पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here