प्रधानमन्त्री निवास बालुवाटार पुगेको मेयर नेतृत्वको टोलीले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै आवश्यक बजेट छुट्याउन माग गर्दै ज्ञापनपत्र पेश गरेको थियाे।
आगामी आर्थिक वर्षको बजेटमा कोशी नदीबाट धरानमा खानेपानी झार्ने योजना समेटिदिन माग गरिएको छ। उक्त योजनाका लागि खानेपानी डीपीआर तयार भइसकेको भन्दै अब बाँकी कामका लागि बजेट विनियोजन गर्न माग गरिएको छ।
मेयर साङपाङसहितको टोलीले आजै अन्य तीन मन्त्रीलाई पनि छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको छ। शिक्षामन्त्री अशोक राई, शहरी विकासमन्त्री सीता गुरुङ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत भेटेको थियाे ।






















