उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७४ जना सवारी चालक कारबाही

104

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७४ जना सवारी चालक कारबाही परेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ५६  सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ६२, हर्न बजाउने ८४, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २५ र अन्य २, ३३३ गरि दुई हजार ७३४ जना सवारी चालकलाई कारबाही गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here