काठमाडौं । अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन ।
प्रहरीका अनुसार यो घटना विश्वविद्यालयको बीम हल नजिक भएको हो, जहाँ बिजनेस स्कुल र अन्य सुविधाहरु छन् । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र कुनै खतरा नरहेको जनाएको छ ।
सन् २०१७ मा पनि अमेरिकाको लसभेगासमा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको थियो ।


















