जनदबाबका कार्यक्रम गर्दै राप्रपा

66

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनदबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए। उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए। उनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताए।

उनले भने, ‘३ गते बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गर्ने सन्दर्भमा बैठक बसेको हो । बैठक आज एजेण्डामा नै सकियो । एजेण्डामा पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो। निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रश्तुत गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन। अरुले गर्ने आन्दोलनलाई बिरोध र समर्थन गर्न हतार गर्दैन ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here