‘सगरमाथा संवाद’ जलवायुको न्यायको पक्षमा

19

काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगर (जिएम) ले ‘सगरमाथा संवाद’ जलवायुको न्यायको पक्षमा रहेको जनाएकी छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेको भन्दै यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मञ्चमा रुपमा रहेको जनाइन्। उनले शुक्रबारदेखि हुने ‘सगरमाथा संवाद’ लाई शुभकामना पनि दिइन् ।

उनले नेपाल जलवायु संकटको चरममा रहेको र मौसमी घटनाका कारण विपत्तका जोखिमले देशलाई ठूलो क्षति गरिरहेको पनि जनाइन् । उनले राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक संरक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताएकी छन् ।

उनले विगत पाँच वर्षमा जलवायु विपतबाट सहरी क्षेत्रमा दुई खर्ब १८ अर्ब ८२ करोड र ग्रामीण क्षेत्रमा १ खर्ब १६ अर्ब ६२ करोड क्षति भएको बताएकी छन् ।

सांसद घर्तीले देशमा भएका सगरमाथाहरु जलवायु परिवर्तनकै कारण काला चट्टानहरुमा परिवर्तन भएको र यसलाई न्यूनीकरण गर्नुपर्ने बताएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here