काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले अवैध संरचना बनाउने कसैलाई पनि नछाड्ने बताएका छन् । काठमाडौंको सुन्धारामा बनेका अवैध संरचना हटाउन पुगेका मेयर साहले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताएका हुन् ।
अवैधरुपमा बनेका सबै खाले संरचना हटाउने उनले जिकिर गरे । यसका साथै मंगलबार मेयर साहले शिक्षक तथा कर्मचारीलाई तत्काल राजनीतिक दलको आबद्धता त्याग्न निर्देशन दिएकाछन् । उनले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई राजनीतिक आबद्धता नत्यागे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन्।


















