पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

69

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१७७ जनाको कोरोना परीक्षण गर्दा ४८७ जनामा कोरोना देखिएको हो।

१८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २४२ र २३ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा २४५ जनामा कोरोना देखिएको छ। पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जय ठाकुरले संक्रमित संख्या घटेको देखिएपनि जोखिम कायम रहेको बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here