थिमि । मिति २०७९र०५र०७ गते मंगलबार मध्यपुर नगर पालिकाको सभा हलमा एक भेला भयो। उक्त भेलामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उप प्रमुख बिजय श्रेष्ठ, नगर पालिकाका सदस्यहरु, मध्यपुर ८ नं. वडाका वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, नसस मनिषा परियार, नसस सुरेन्द्र था श्रेष्ठ, भुपु वडा अध्यक्ष देब कृष्ण म्वयें श्रेष्ठ, भुपु महिला सदस्य मन्दिरा नेपाली, भुपु नसस बिक्रम धेके, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९मानव अंग प्रत्यारोपण केन्द्र०का कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ लगायत अरु डाक्टरहरुको टिम, नेमकिपाको तर्फबाट पार्टी प्रतिनिधि राम सुन्दर था श्रेष्ठ, नेकपा ऐमालेको तर्फबाट पार्टी प्रतिनिधि राम चन्द्र जयना श्रेष्ठ, नेकपा एसबाट प्रतिनिधि कृष्ण भक्त पां श्रेष्ठ तथा पत्रकारहरु तथा नगर पालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो।
छलफलको क्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अस्पताल बनाई सके पछि नपाले के पाउंछ ? नपाको हकमा के के अधिकार आउँछरु हाम्रो नपाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री अस्पताल छ भन्नू भएको थियो। व्यापक छलफल गरेर काम सुरु गर्नु पर्छ भन्नू भएको छ। अस्पताल बनाउने बारे, उक्त ठाउंमा पर्ती जग्गा कति छ भन्ने स्पष्ट थाहा नभएको बताउनु भएको छ। मध्यपुर भित्र कता कता कति कति सार्बजनिक ठाउँ छ भनी हेर्नरबुझ्न बाकी छ,हामी कसैको आग्रह पुर्वाग्रह नराखी काम गर्छौं भन्नू भएको छ।
त्यस्तै छलफलकै क्रममा उप मेयर बिजय श्रेष्ठले अस्पताल बनाई सके पछि मध्यपुरका डाक्टर नर्स लगायत अरु पेशाकर्मीहरुले कर्मचारीको स्थान पाउनु पर्ने, २०७२ सालमा भुकम्प आउंदा मध्यपुरका बासिन्दाहरु बस्ने ठाउँ नपाएर क्षयरोग अस्पतालको खाली ठाउंमा बस्न जांदा भित्र छिर्न नदिएको पछि ताला फोडेर गई बसेको स्मरण गर्दै अब बन्ने अस्पतालमा त्यस्तो नहोस् ( त्यस्तो आपत् बिपत् पर्दा स्थानियबासिलाई राख्नु पर्ने धारणा राख्नु भएको थियो।
छलफलकै क्रममा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले मध्यपुर नगर पालिकाले प्रदेश र केन्द्रीय सरकारमा दौडधुप गरि रहनु पर्दैन अस्पताल बनाउनको लागि बजेट र स्वीकृति प्राप्त छ खाली ठाउंको मात्र सिफारिस दिनुस् अरु काम हामी एक आपसमा छलफल गरेर समाधान गर्छौ, हामीलाई सिफारिस दिएको भोलीबाट नै कामको थालनी गर्छौं भन्नू भएको छ। यो अस्पताल निजि अस्पताल होईन, संघिय सरकारबाट सञ्चालित सरकारी अस्पताल हुनेछ भन्नू भयो। मानव अंग प्रत्यारोपण केन्द्रमा नेपालको मात्र होईन बिदेशी अस्पतालहरुमा पनि उच्च अस्पताल हो त्यहां दिनको १०० जना भन्दा बढीको डाईलासिस गर्दै आई रहेका छौं। अझै स्थानको अभाबले आएका बिरामीहरुको उपचार गराउन नसकेर अन्तै पठाउन अस्पताल बाध्य छौं भन्नू भयो। हाम्रो अस्पतालले भक्तपुरका मात्र नभई देशै भरिबाट आएका बिरामीहरुको उपचार गर्नुको साथै छिमेकी देशहरुबाट आएका बिरामीहरुको समेट उपचार गर्दै आई रहेको बताउनु भएको छ। ठाउंको अभाबले यो अस्पताल भक्तपुर जिल्लाबाट अन्त जान नचाहको र जान पनि नपरोस् भन्दै मध्यपुरको ८ नं। स्थित् महालक्ष्मी मन्दिरको उत्तर पट्टीको पर्ती जग्गा माग गर्दै नगर प्रमुख समक्ष ठाउंको सिफारिस गरेको यहाँ अस्पताल बनेको खण्डमा मध्यपुरका जनताले धेरै सेवा र सुबिधा पाउने बताउनु भएको छ। बोडेमा सरकारी अस्पताल बनेको खण्डमा बोडेको मात्र होईन मध्यपुर नगर पालिकाको गरिमा उच्च रहनेछ भन्नू भयो। डाईलासिस गरेका बिरामीहरु ३ महिना देखि ६ महिना सम्म अस्पतालमा बस्नु पर्ने छ, बसुञ्जेल खानपिन गर्दा यतै बस्दा मध्यपुरका जनताको रोजगार बढ्ने छ भन्नू भयो। सरकारी अस्पताल बनी सके पछि मध्यपुर कै बासिन्दाले पहिलो सेवा र सुबिधा पाउने भन्दै अस्पतालमा आउन जानलाई नयां बाटो बनाउंदा जनतालाई थप सुबिधा हुने कुरा पनि डाक्टर पुकार चन्द्र श्रेष्ठले राख्दै जति सक्यो त्यति छिटो निर्णय गरि सरकारी अस्पतालको लागि स्थान उपलब्ध गराई दिनु हुनको लागि मध्यपुर नगर पालिका संग सिफारिस गर्नु भएको छ।
त्यस्तै छलफलमा मध्यपुर ८ नं। वडाका वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बोडेमा सरकारी अस्पताल बनेको खण्डमा बोडेकाले मात्र होईन मध्यपुरकै जनताले पहिलो प्राथमिकता पाउने, सेवा पाउने, सुबिधा पाउने, बोडेको पहिचान नै फेर्ने, हाम्रा मध्यपुरका बिरामी टाढा टाढाको अस्पताल गई रहनु नपर्ने, अस्पताल लग्दा लग्दै बाटैमा मृत्यु हुनबाट बच्ने, छिमैकी जिल्लाहरुका बिरामीहरुको पनि बोडेको सरकारी अस्पतालले सेवा गर्ने बताउनु भएको छ।
त्यस्तै मध्यपुर ८ नं। वडाका भु पु वडा अध्यक्ष देब कृष्ण म्वयें श्रेष्ठले २०५४ सालमा आफू वडा अध्यक्ष हुंदा नै प्mअ अस्पताल बनाउनलाई सिफारिस आएको तर नगर बासिहरुको कुरा मेल नखाएर अन्तै बनाउन गएको स्मरण गराउंदै अब यो सरकारी अस्पताल बनाउने कुरामा कुनै बिलम्ब नगरि तुरुन्त सिफारिस दिनु पर्ने धारणा राख्नु भएको थियो। साथै सर्बदलिय कार्यदल बनाएर अगाडि बढौं शुभ कार्यमा ढिलो नगरौ भन्दै मेयर र उप मेयर समक्ष सिफारिस गर्नु भएको छ।
आशा छ छिटो भन्दा छिटो उक्त स्थानमा सरकारी अस्पताल बनाएर नगरको गरिमा बढाउन ढिलो गर्नु हुने छैन।
Courtesy: था राम सुन्दर श्रेष्ठ


















