मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप

109

काठमाडौं । काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।

महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।

घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here