व्यवस्थापनको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन : हर्क साम्पाङ

96

काठमाडौं । सडक मिचेर फुटपाथ व्यवसाय तथा अन्डरग्राउण्डका पसलहरु हटाउन एक्सनमा उत्रिएपछि काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा स्याबासी पाइरहेका छन् ।

बालेनको एक्सनलाई लिएर धरानका मेयर हर्क साम्पाङले भने असहति जनाएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको उक्त कार्यको असहमति र साना व्यवसायीहरुप्रति माया दर्शाएका हुन् ।

व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नुहने उनको तर्क छ । साम्पाङले लेखेका छन्,‘व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् । सबैको बाँच्ने अधिकार हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here