वामगठबन्धनको सम्भावना अब छैन, सत्ता गठबन्धन टुट्दैन

56

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बाम गठबन्धनको सम्भावना टरेको बताएका छन्।

बिहट्बाठर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटव्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी घटकबीचको गठबन्धन सम्भावना टरेको बताएका हुन्।

ओलीले मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा चुनावमा वाम गठबन्धन बन्ने सम्भावना टरेको बताएका हुन्।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनको सार प्रस्तुत गर्दै भने– ‘वामगठबन्धनको सम्भावना अब छैन, सत्ता गठबन्धन टुट्दैन।’ ओलीले आफ्नो राजनीति प्रतिवेदनको निष्कर्ष नै यही बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here