काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र केन्याको क्रिकेट टोलीबीच आज तेस्रो टी ट्वेन्टी खेल हुँदैछ।
पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्या १-१ को अवस्थामा छन्।
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण आजको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। आज नेपाल र केन्या दुवै दोस्रो जितको खोजीमा हुनेछन्।
यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रोमा केन्याले नेपाललाई १८ रनले पराजित गरेको थियो।
अब चौथो खेल भोलि सोमबार र पाँचौँ खेल मङ्गलबार हुनेछ। टी ट्वेन्टी श्रृङ्खलापछि नेपालले केन्यासँग एकदिवसीय खेल खेल्नेछ

















