एस पार्टीमा नाै जनाको नाम सिफारिसमा सुशान्त डंगाेल पनि

77

काठमाडाैं । काठमाडाैं  क्षेत्र नं ५ (२ ) मा नेकपा एकीकृत समाजवादीका ९ जनाको नाम प्रदेस सभा सदस्यका लागि सिफारिस गरिएको छ।

बुधवार साँझ बसेको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो।

सो बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं ५ (२ ) मा रामकृष्ण सेढाई, दिपक केसी, मनोहरी खड्का, बालकृष्ण श्रेष्ठ, राजाराम भण्डारी, धावा तामाङ, सुदर्शन पौडेल, सुशान्त डंगोल र माइला श्रेष्ठको नाम सिफारिस गरेको छ।

त्यस्तै सो बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ भने प्रदेस क्षेत्र १ मा  हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरिएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here