त्रिविमा अग्निप्रसाद सापकोटाले विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ

84

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दीलगायतका विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ गर्नुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिविमा केही समय यता तालाबन्दीलगायतका समस्या कायम रहेको जानकारी गराउनुभएको थियो ।

उहाँले त्रिविमा गुण्डागर्दी, अराजकता बढेको र पठनपाठन अवरुद्ध भएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद ज्ञवालीले त्रिविकोसमस्या समाधानका लागि रुलिङ नभएसम्म संसद्को बैठक सञ्चालन हुन नसक्ने अडान राख्नुभएको थियो ।

त्यस लगत्तै सभामुख सापकोटाले त्रिविमा भएका तालाबन्दीलगायत विरोधका कार्यक्रमले शैक्षिक एवम् पठनपाठन प्रभावित भएको भन्ने विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्रिविको समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here