काठमाडौं । नबिल बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ ।
नबिल बैंककै संस्थापक सेयरधनीले न्यूतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सकिनेछ ।
३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा इच्छुक संस्थापकले आवेदन दिन सक्नेछन ।
कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


















