छाया कम्प्लेस भत्काउन जरुरी छ : सांसद प्रेम सुवाल

75

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले छाया कम्प्लेस भत्काउन जरुरी रहेको  जनाए ।

ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको उक्त व्यापारिक कम्प्लेक्स भत्काउन जरुरी रहेको सुवालको भनाइ छ । उनले भारतको नोयडामा नियम मिचेर बनाइएका ४० तले भवन सरकारले भत्काएको उदाहरण दिँदै सार्वजनिक पोखरी मिचेर बनेको छाया कम्प्लेक्स पनि भत्काउन जरुरी रहेको जनाए ।

सम्बोधनका क्रममा सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद् सुचारु हुँदा आचारसंहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न पनि माग गरे । उनले संसद् अन्तय गर्ने विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।

सम्बोधनकै क्रममा सांसद सुवालले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा ३०० दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here