काठमाडौं । अनधिकृत संरचना भत्काउनले अभियानलाई निरन्तरता दिएको काठमाडौं महानगरपालिकाले न्युरोडका चार भवनका बेसमेन्ट खाली गर्न निर्देशन दिएको छ । महानगरको टोलीले मखनको सुरज अर्केडसहित चन्द्र महल, मखन प्लाजा, चन्दा चकोरी भवनका बेसमेन्ट पनि खाली गर्न निर्देशन दिएको हो ।
तर सम्बन्धित व्यक्तिले भने भवन ४६/४७ सालमा बनेकोले नक्सा पास गर्दा पार्किङ अनिवार्य नभएको बताएका छन् । भवनको नक्सामा पार्किङ नरहेको उनीहरुको भनाई छ ।


















