राष्ट्रिय फुटबल टिमका कप्तान किरण विवाह बन्धनमा

62

काठमाडाैं ।  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्।

कप्तान चेम्जाेङले आज बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा एयरहाेस्टेस कञ्चन निरौलासँग विवाह गरेका हुन्।   उनले गत साउनमा खेल मैदानमै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। त्यतिबेला किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको थियाे।

साेही अवशरमा किरणले कञ्चनसँग विवाहको प्रस्ताव राख्दै इंगेजमेन्ट गरेका थिए।  उनीहरू केही वर्षदेखि प्रेममा रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here